१. नेपाल
टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात
कहिलेदेखि गरेको हो ?
- वि.सं. २०७८ माघ २२
- फोरजी/एलटीई
नेटवर्कमा आधारित यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग
गर्न पाउने । साथै भ्वाइस कलमार्फत नै भिडियो कलको सुविधा लिन सक्ने ।
- टेलिकमले गत
जेठ ३ गते नै यसको परीक्षण सुरु गरेको थियो ।
- फोरजी
सेवामार्फत भ्वाइस कल गर्दा आवाजको गुणस्तर एचडीस्तरको हुने, व्यक्ति–व्यक्तिबीच भेटेरै कुराकानी
गरेजस्तो गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने, कल सम्पर्क हुने दर छिटो हुने, आवाज स्पष्ट र प्राकृतिकजस्तो
सुनिने टेलिकमले जनाएको ।
- टेलिकमका
अनुसार भीओएलटीई सेवा लिन ८०० र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट
गर्ने मोबाइल हुनुपर्ने ।
२. सन् २०२२
जनवरीमा मेलबर्नमा सञ्चालित अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्ने टेनिस
खेलाडी को हुन् ?
- राफेल नाडाल (स्पेनिस टेनिस स्टार)
- मेलबर्नमा
जनवरी ३० मा भएको फाइनल खेलमा सो उपाधि जित्दै ३५ वर्षीय नाडालले पुरुष खेलाडीको कीर्तिमान
बनाएका ।
- खेलमा नाडालले
दोस्रो बरीयताका रुसी खेलाडी डानियल मेडेभेदेभमाथि उत्कृष्ट जित निकालेका ।
- अस्ट्रेलियन
ओपन च्याम्पियन बनेसँगै नाडालले २१औँ ग्रान्डस्लामको उपाधि जितेका । नाडाल
सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररसँग बराबरी थिए । जोकोभिच
र फेडेररले २० वटा ग्रान्ड स्लामको उपाधि जितेका ।
३. वि.सं. २०७८
माघ १७ को मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त
गर्ने निर्णय गरेको हो ?
- शिलु मानन्धर
- मानन्धर खुला
विश्वविद्यालयकै व्यवस्थापन सङ्कायका पूर्वडिन हुनुहुन्छ ।
- खुला
विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. लेखनाथ शर्माको चारवर्षे कार्यकाल जेठ
१८ गते सकिएको थियो ।
४. नेपालमा
उत्पादित अर्गेली सबैभन्दा बढी कुन देशमा निर्यात हुने गरेको छ ?
- जापान
- अर्गेलीबाट
उच्चस्तरको कागज बनाउन सकिने । यसबाट बनाइएको
मुद्रा बलियो र पानीमा भिजाउँदा समेत केही नहुने ।
- जापानी मुद्रा
(येन) बनाउन जापानले यसको आयात गर्ने गरेको ।
- नेपालमा
अर्गेली तीन श्रेणीमा उत्पादन हुने ः ‘ए’ श्रेणीको प्रतिकिलोको ५५० रुपियाँ, ‘बी’
श्रेणीको दुई सय र ‘सी’
श्रेणीको एक सय रुपियाँँ किलोसम्ममा
बिक्री हुने गरेको । यसलाई वाफमा पकाएर विभिन्न श्रेणीमा प्रशोधन गर्ने गरिएको ।
- नेपालको दोलखा, रामेछाप, इलाम, पाँचथर र ताप्लेजुङमा यसको उत्पादन
गर्ने गरिएको ।
५. विश्वकै
अग्लो स्थानमा छायाङ्कन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफल म्युजिक
भिडियो कुन हो ?
- सुन्दर हिमाल
- पत्रकारिता र
कलाकारितामा संलग्न पाँच युवाले विश्वकै अग्लो स्थानमा ‘सुन्दर नेपाल’ बोलको गीतको म्युजिक भिडियो
छायाङ्कन गरेर सो रेकर्ड कायम गरेका ।
- पाँच हजार २०
मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर सो म्युजिक
भिडियो छायाङ्कन गरिएको ।
- गीतकार
बुद्धिराज राई, गायक टेक नाछिरिङ र शिखरजङ्ग श्रेष्ठ, गायिका माया गुरुङ, मोडेल तथा डान्सर सिर्जना
किराँतीले सो भिडियो छायाङ्कन गरेर कीर्तिमान राखेका ।
- यसअघि उच्च
स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुकमा ‘हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड’ शीर्षकमा नेपाली युवा सञ्चबहादुर
राई, पुष्कर
नेपाल, पावल
राई, लक्ष्मण
कार्की र राजन खरेलले ४८१४ मिटर उचाइमा रहेको गोक्यो ताल आसपासमा छायाङ्कन गरी
कायम कीर्तिमान ‘सुन्दर हिमाल’ ले तोडेको ।
६. नेपालमा
शहीद दिवस कहिले मनाइन्छ ?
- माघ १६
- प्रजातन्त्र
स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति
दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी हरेक वर्ष माघ १६ का दिन शहीद दिवस
मनाउने गरिएको ।
- त्यस्तै माघ १०
देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाइँदै आएको ।
७. विन्टर
ओलम्पिक–२०२२ को आयोजक राष्ट्र कुन हो ?
- चीन (बेइजिङ)
- मिति: २०२२
फेब्रुअरी ४–२०
- खेलाडी: २८७१
- पुरुष: १५८१
- महिला: १२९०
- सहभागी राष्ट्र
: ९१
- संलग्न खेल
सङ्ख्या : ७ (इभेन्ट्स :१०९)
- अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडाले बेइजिङ
ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरेका ।
- कूटनीतिक
बहिष्कार घोषणा नगरे पनि जापानले यो ओलम्पिकमा कुनै पनि उच्च अधिकारी नपठाएको ।
- शीत र
ग्रीष्मकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने बेइजिङ एक्लो सहर बन्न पुगेको ।
- Motto : Together for a
shared future
८. बाघ
संरक्षणमा उत्कृष्ट कार्य गरेबापत अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार प्राप्त गर्ने
नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?
- बर्दिया राष्ट्रिय निकुञ्ज
- विश्वमै दुर्लभ
मानिएको पाटेबाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै सो
निकुञ्ज पुरस्कृत भएको ।
- सो पुरस्कार
सन् २०२२ को सेप्टेम्बरमा रुसमा आयोजित दोस्रो बाघ सम्मेलनका अवसरमा प्रदान गरिने
।
- संयुक्त
राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु संरक्षण कोषलगायतका विश्वभर संरक्षणका
क्षेत्रमा काम गर्ने नौवटा अन्तर्राष्ट्रिय संस्थाको समूहले बर्दिया राष्ट्रिय
निकुञ्जलाई सो पुरस्कार प्रदान गरेको ।
- सन् २००९ मा
बर्दियामा बाघको सङ्ख्या १८ थियो भने सन् २०१८ को बाघको गणनामा ८७ वटा बाघ रेकर्ड गरिएका
थिए ।
- सन् २०१० मा
रुसको सेन्ट पिटस्वर्गमा बाघ पाइने देशको पहिलो बाघ सम्मेलनमा नेपालले प्रतिबद्धता
गरेअनुसार बाघको सङ्ख्या सन् २०२२ सम्म दोब्बर हुने स्थिति देखिएको ।
- सन् २००९ मा
नेपालमा बाघको सङ्ख्या १२१ रहेको थियो ।
- सन् २०१८ को
बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा रा.नि.मा १६ गरी कुल २३५ वटा
पाटेबाघ रेकर्ड गरिएका ।
९. २०७८ सालको
भैरव पुरस्कार कसलाई प्रदान गरियो ?
- व्यङ्ग्यकार नरनाथ लुइँटेल
- यसै वर्षबाट
घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान
गरिएको ।
- दुवै
पुरस्कारको राशि एक लाख एक हजार १११ रुपियाँ रहेको ।
- भैरव पुरस्कार
गुठीले ५५ हजार ५५५ रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल
भौकाजीलाई प्रदान गरेको ।
१०. बेइजिङ
शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्ने खेलाडी को हुन् ?
- थेरिज जोहाग (नर्वे)
- (उनले महिला १५ किलोमिटर स्कियाथलनमा सो उपाधि हात पारेकी ।)
११. अरुण
तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
- ९०० मे.वा.
- सङ्खुवासभा
जिल्लामा निर्माण गर्न थालिएको यस जलविद्युत् आयोजनाको शिलान्यास वि.सं. २०७५
वैशाख २८ गते तत्कालीन प्र.म. केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र
मोदीद्वारा स्विचमार्फत काठमाडौँबाट भएको ।
- २०८० सालभित्र
सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको हाल (२०७८ पौष)सम्म ५४ प्रतिशत कार्य
सम्पन्न भएको ।
- यस परियोजनाको
एक खर्ब चार अर्ब रुपियाँ लागत अनुमान गरिएको ।
१२. पेगासस
भन्नाले के बुझिन्छ ?
- जासुसी सफ्टवेयर प्रोग्राम
- यसको प्रयोगबाट
कुनै पनि व्यक्तिको गोप्य कुरा थाहा पाउन सकिने ।
- पेगाससलाई कुनै
स्मार्टफोनमा सेट गरिदियो भने ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामरा, अडियो, टेक्स्ट म्यासेज, इमेलका साथै लोकेसनसमेतको जानकारी
लिन सक्ने ।
- सन् २०२२ जनवरी
२८ मा अमेरिकी अखवार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाइवेयर पेगासस खरिद
गरको एक रिपोर्ट प्रकाशित गरेपश्चात् त्यहाँको राजनीतिमा तरङ्ग पैदा हुन पुगेको ।
- सन् २०२१ मा
पेगासस जासुसी सफ्टवेयरको माध्यमबाट कैयौँ देशका नेता, पत्रकार तथा सामाजिक अभियन्ताको कल
रेकर्ड गरेको विषय सार्वजनिक भएको थियो ।
१३. नेपालमा
हाल आर्थिक हिसाबले पालिने मौरी कति प्रकारका छन् ?
- २ (एपी सेरेना र मेला फेरा)
१४.
अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक ह्याट्रिक विकेट लिने पहिलो नेपाली महिला
खेलाडी को हुन् ?
१५. नेपाल
सरकारद्वारा कहिलेसम्ममा निकृष्ट बालश्रम अन्त्य गर्ने घोषणा भएको छ ?
- वि.सं. २०७९
- (त्यस्तै वि.सं. २०८२ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य
गर्ने घोषणा भएको ।)
१६. नेपालको
कुन ठाउँमा अटोभिलेज निर्माण गरिएको छ ?
१७. बागवानीका
एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?
- बागवानीविज्ञ मुकुन्द रञ्जित
१८. वि.सं.
२०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि
कसले जित्यो ?
- एपीएफ क्लब
- सहारा क्लब
पोखराको आयोजना र हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा सम्पन्न
प्रतियोगिताको फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै
एपीएफले उपाधि हात पारेको ।
- एपीएफ पहिलो
पटक उपाधि उचाल्दै इतिहास रच्न सफल भएको । २०६४ सालमा फाइनल पुगेर पनि नेपाल पुलिस
क्लबसँग पराजित हुँदै उपाधि विमुख भएको एपीएफले १४ वर्षपछि उपाधि हात पार्न सफल
भएको ।
- एपीएफले उपाधिसँगै
१० लाख एक हजार र मनाङले उपविजेता बन्दै पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको ।
- यस संस्करणमा
एक विदेशीसहित १० टिमको सहभागिता रहको ।
- प्रतियोगितामा
सर्वोत्कृष्ट खेलाडी एपीएफका राजन गुरुङ एवं उत्कृष्ट गोलरक्षक एपीएफकै युया कुरियामा
घोषित भएका ।
१९. सामुदायिक
बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
- माछापुच्छे गा.पा. (कास्की)
२०.
युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा
गरिएको स्थान कुन हो ?
- रियो द जेनिरियो (ब्राजिल)
२१. नेपालमा
आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?
- सिंहदरबार वैद्यखाना
- राजा प्रताप
मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको ।
- शाहकालमा
हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्गबहादुर राणाको पालामा थापाथलीमा सारिएको
थियो ।
- सोपश्चात्
चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना
नामकरण गरिएको ।
- वि.सं. २०५१
बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै
आएको ।
- कुनै समय १८५
प्रकारका औषधि उत्पादन भइरहेको वैद्यखानामा हाल ३५ प्रकारका औषधि मात्र उत्पादन
भइरहेको ।
२२. नेपालमा
मन्ट्रियल सन्धि–१९९९ कहिलेदेखि लागू भएको हो ?
२३. विश्वको
पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ?
२४. युरोपेली
सङ्घको सर्वोच्च अङ्ग कुन हो ?
गोरखापत्र 2078 माघ 26 बाट साभार