१. टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?
उत्तरः- इङ्गल्यान्ड
– इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै टी–२० विश्वकप क्रिकेट च्याम्पियन बनेको। इङ्गल्यान्ड दोस्रो पटक (यसअघि सन् २०१० मा) टी–२० विश्वकपको उपाधि जित्न सफल भएको।
– इङ्गल्यान्डले अस्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै सो उपाधि हात पारेको।
– यससँगै इङ्गल्यान्डले वेस्ट इन्डिजले राखेको कीर्तिमानी बराबरी गरेको।
२. खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाई भूकम्प कहिले गएको हो ?
उत्तरः- वि.सं. २०७९ कात्तिक २३– सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको रहेको।
– २०३७ सालयता सुदूरपश्चिम प्रदेशमा गएको यो सबैभन्दा ठूलो भूकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको ।
– भूकम्पका कारण डोटी, बझाङ, बाजुरा र बैतडी जिल्ला बढी प्रभावित भएका।
३. सन् २०२७ को आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?
उत्तरः- नेपाल र बङ्गलादेश (संयुक्त रूपमा)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२२ नोभेम्बर १३ मा सोसम्बन्धी निर्णय गरेको।
– आईसीसीले बङ्गलादेशलाई आयोजक र नेपाललाई सहआयोजक मान्दै विश्वकप आयोजना गर्ने
जिम्मेवारी दिएको।
४. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलाबी सहर भनी कुनलाई चिनिन्छ ?
उत्तरः- वालिङ– (त्यसैगरी सेल्फी सहर भनी धनकुटा, फ्री वाईफाई नगर भनी मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर भनी देवचुली र सुनवललाई चिनिने ।)
५. जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल कति औँ पक्ष राष्ट्र हो ?
उत्तरः- १७७औँ६. नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?
उत्तरः- वीर अस्पताल (२०७३ साउन १३) – विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको।
– जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो।
७. चौरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना कहाँ गरिएको छ ?
उत्तरः- भीमेश्वर न.पा.–१, दोलखा– बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपियाँको लागतमा चौँरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको ।
– उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य सङ्कलन
गरी कृत्रिम गर्भाधानसमेत गर्ने उद्देश्यका साथ स्रोत केन्द्र स्थापना गरिएको।
८. नेपालमा पोखरापछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?
उत्तरः- सङ्खुवासभा९. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६९ साउन १२ गतेको निर्णयअनुसार कौशितोषाखाना कार्यालयको नाम परिवर्तन गरी के बनाइएको छ ?
उत्तरः- निवृत्तभरण व्यवस्थापन कार्यालय१०. आयुर्वेदका प्रवर्तक को हुन् ?
उत्तरः- धनवन्तरी– नेपालमा कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको।
– वि.सं. २०५६ देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको।
११. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
उत्तरः- प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम
१२. काठमाडौँ विश्वविद्यालयको सम्मानार्थ महाविद्यावारिधि प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?
उत्तरः- संस्कृतिविद सत्यमोहन जोशी१३. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटनादर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्दछ ?
उत्तरः- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय१४. नेपालमा मूल्य अभिवृद्धि कर कहिलेदेखि लागू भएको हो ?
उत्तरः- वि. सं. २०५४ मङ्सिर १– (मूल्य अभिवृद्धि कर भन्नाले कानुनद्वारा छूट दिइएका वस्तु तथा सेवाबाहेकका सम्पूर्ण वस्तुमा लाग्ने कर हो । यो कर खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तर मूल्यमा लाग्छ । नेपालमा वि.सं. २०५२ मा मूल्य अभिवृद्धिकर ऐन प्रकाशित गरी २०५४ मङ्सिर १ गतेदेखि यो लागू गरिएको हो ।)
१५. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
उत्तरः- वि.सं. २०७४ मङ्सिर ११६. फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?
उत्तरः- ओरभिल राइट र विलभर राइट १७. लिच्छविकालमा राजस्व सङ्कलन, जग्गा खरिद–बिक्री तथा भूमिसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
उत्तरः- कुथेर अधिकरण१८. विश्वको सबैभन्दा गहिरो सागर कुन हो ?
उत्तरः- क्यारेवियन सागर१९. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?
उत्तरः- एष्नभयल २०. ‘अर्थ आवर’ भनेको के हो ?
उत्तरः- ऊर्जा बचतका लागि विश्वव्यापी अभियान– यस अभियानको सुरुवात सन् २००७ मा अस्ट्रेलियाबाट भएको।
– हरेक वर्ष मार्च २४ मा ‘अर्थ आवर’ मनाउने गरिएको।
२१. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?
उत्तरः- सन् २००० को सिड्नी ओलम्पिकदेखि – (सन् १९८८ मा सोलमा र सन् १९९२ मा वार्सिलोनामा भएको ओलम्पिकमा तेक्वान्दोले प्रदर्शन खेलका रूपमा प्रवेश पाएको थियो।)
२२. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?
उत्तरः- सन् २०१२ – नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको। यसैगरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने।
– डब्लूटीओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको।
२३. मदर टेरेसालाई नोबल शान्ति पुरस्कार कहिले प्रदान गरिएको हो ?
उत्तरः- सन् १९७९२४. ‘शान्तिको आरम्भ एउटा मिठो मुस्कानबाट हुन्छ’ भन्ने व्यक्तित्व को हुन् ?
उत्तरः- मदर टेरेसा२५. जङ्गली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनी चिनिन्छ ?
उत्तरः- एन्जाइबर२६. वल्र्ड बुक अफ रेकर्ड लन्डनको नेपाल च्याप्टरले सर्टिफिकेट अफ एक्सिलेन्स अवार्डबाट सम्मानित गरेको नेपाली औषधि उत्पादक कम्पनी कुन हो ?
उत्तरः- टिजिग फर्मा प्रा.लि. (सन् २०२२ नोभेम्बर)– नेपालमा क्यान्सरको औषधि उत्पादन गर्ने पहिलो कम्पनी स्थापना र सञ्चालन गरेबापत सो अवार्ड प्रदान गरिएको।
– यस कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरी आ.व. २०७८/७९ को अन्त्यतिरबाट बिक्री–वितरण सुरु गरेको।
– पछिल्लो समय यहाँ उत्पादित यो औषधि स्वदेशमा मात्र नभई भारतमा समेत नियमित रूपमा निर्यात हुन थालेको।
२७. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?
उत्तरः- वि.सं. २०६५ पौष १७२८. वान बेल्ट वान रोड (ओबीओआर)) समझदारीपत्रमा नेपाल र चीनका प्रतिनिधिद्वारा कहिले हस्ताक्षर गरियो ?
उत्तरः- वि.सं. २०७४ वैशाख २९– (आबीओआर परियोजनामा हस्ताक्षर गर्ने सम्बन्धमा वि.सं. २०७४ वैशाख २५ को मन्त्रिपरिषद् बैठकले निर्णय गरेको।)
२९. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान (२०७२) को कुन धारामा व्यवस्था गरिएको छ ?
उत्तरः- धारा ३१ (३) ३०. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई ‘निलो आकाशका लागि सफा हावा दिवस’का रूपमा मनाउने घाषणा गरिएको हो ?
उत्तरः- सेप्टेम्बर ७– सं.रा. सङ्घले सन् २०१९ डिसेम्बर १९ मा सो घोषणा गरेको।
– सन् २०२० देखि यो दिवस मनाउन थालिएको।