समुन्द्र सतहबाट ५९ सतहदेखी ६०० मिटरसम्मको उचाइ भएको क्षेत्रलाई तराइ प्रदेश भनिन्छ । नेपालको १७ % भुभाग ओगटेको यो प्रदेशको उत्तर दक्षिण फैलावट २५ देखी ३० किलोमिटरसम्म रहेको छ । नेपालको २० जिल्ला ओगटेको यस प्रदेशमा ५०.२७ % जनसंख्या(जनगणना २०६८ अनुसार) बसोबास गर्दछन्। अन्नको भण्डारको नामले चिनिने यस प्रदेशमा भित्री तराई, भावर प्रदेश, भैदानी क्षेत्रहरु रहेका छन ् । यस प्रदेशमा विशेषतः नेपाली, मैथली, भोजपूरी, अवधि जस्ता भाषाहरु मुख्य रुपमा बोलिन्छ । याहाँका मुख्य चाडहरुमा छठ पर्व, जितिया पर्व, सिरुवा पर्व, माघी पर्दछन् ।तराई प्रदेशका प्रकारहरुः १. मुख्य तराई (Terai) २. भावर प्रदेश (Bhabar Tract) ३. भित्री मधेश (Inner Terai)
ख) पहाडी प्रदेश
समुन्द्री सतहबाट ६०१ मिटरदेखी ३३५० मिटरसम्मको उचाइमा झण्डै ७५ कि.मि. देखी १२५ कि.मि. सम्मको चौडाईभित्र पूर्व पश्चिम फैलिएको कड चट्टानी पहाड पर्वतहरुले ढाकीएको क्षेत्र पहाडी प्रदेश हो । नेपालको ६८ % भुभाग, ३९ जिल्ला, ४३.०१ % जनसंख्या(जनगणना २०६८ अनुसार) ओगटेको यो प्रदेशमा अग्ला एवम् होचा पहाड, उपत्यका, टार, दून तथा बेसी रहेका छन् । ब्राह्मण, क्षेत्री, किराँत, गुरुङ्ग, मगर, नेवार, तामाङ्ग आदी जनजातिको बसोबास रहेको यो पहाडी प्रदेशमा विविध जातजति र स्थान विशेष अनुरुपको रहनसहन, भेषभुषा तथा संस्कृती छ ।
ग) हिमाली प्रदेश
समुन्द्री सतहदेखी करिब ३३५१ मि. देखी ८८४८ मिटरको उचाइमा २५ देखी ५० कि.मि.सम्म तिब्बतको दक्षिणी भुभाग सम्म फैलिएको भुभागलाई हिमाली प्रदेश भनिन्छ । नेपालको कुल भुभागको १५ % भुभाग १६ जिल्ला, ६.७३ जनसंख्या(जनगणना २०६८अनुसार) यस प्रदेशले ओगटेको छ । ८००० मिटर भन्दा माथिका ८ हिमालहरु ओगटेको यस प्रदेशमा न्युन पूर्वाधारको विकासका कारण जनजीवन कष्टप्रद छ । भू-बनोटको हिसाबले यस प्रदेशलाइ सिमान्त हिमाली क्षेत्र, भित्री हिमाली क्षेत्र, र मुख्य हिमाली क्षेत्र गरी तीन भागमा विभाजन गर्न सकिन्छ ।
नेपालको भुगोल र यसको प्रभाव
१) एक क्षेत्रमा उत्पादित उत्पादन अर्को क्षेत्रमा पुर्याउन कठिन भएको छ, जसले गर्दा आर्थिक विकास सुस्त भएको छ ।
२) हिमाली र पहाडी क्षेत्रको तुलनामा तराइ क्षेत्रमा विकास दर तिव्र ।
३) पशुपालनका लागी हिमाल, फलफुल जन्य उत्पादनका लागी पहाड र कृषिजन्य उत्पादनका लागी तराइ उपयु्क्त ।
४) पूर्वाधारको विकासको कमिले हिमाली प्रदेशमा जनजिवन कष्टकर ।
५) हिमालबाट तराइ तर्फ क्रमश होचो भुभाग भएकोले याहाका नदिनालाबाट मनग्य विधुत उत्पादन गर्न सकिने ।
६) नेपालको अधिकांश जमिन वन जंगलले भरिएको हुदा जडिवुटी प्रशोधन गरी आय आर्जन गर्न सकिने ।
७) नेपाल भरिनै रमणिय क्षेत्र भएको , पहाडी र हिमाली क्षेत्रमा शितल हुने हुनाले पर्यटन भित्र्याउन सकिने ।