नेपालको राजनीतिक भुगोल

परिचयः देशको सार्वभौम सत्तालाई राजनीतिक रुपमा गरिएको विभाजन नै राजनीतिक भूगोल हो । नेपालको संविधान कार्यान्वयन पश्चात् नेपाल केन्द्रकृत शासनबाट संघीय लोकतान्त्रिक शासन पद्धतिमा रुपान्तरण भएको छ  र यसको भूगोल राजनीतिक रुपमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिएको छ । एउटा संघ , ७ प्रदेश र ७५३ स्थानीय तहले नेपालको राजनितिक भुगोललाई दर्शाउँदछ ।

> नेपाललाई १४ अञ्चल ७५ जिल्लामा वि.सं.२०१८ वैशाख १ मा विभाजन  गरियो ।

 >भिमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरियो ।

> राणा प्रधानमन्त्री वीर शमशेरका पालामा ३५ जिल्लामा विभाजन गरियो ।

> नेपाललाई चार विकाशक्षेत्रमा वि.सं.२०२९ अषाढ २६ मा विभाजन गरियो । वि.सं. २०३७ आश्विन २६ मा सेती र महाकाली अञ्चल छुट्याई पाँच  विकास क्षेत्र कायम गरियो ।

> वि.सं. २०७२ असोज ३ गते जारी नेपालको संविधानले नेपाललाई ७ प्रदेश र ७७ जिल्लामा विभाजन गरियो। 

राजनितिक भूगोल र भु-राजनितिबिच फरक

भू - राजनीतिक (Geopolitics)राजनीतिक भूगोल (Political geography )
भु - राजनीतिक छिमेकी राष्ट्रसँग सम्बन्धित हुन्छ ।राजनीतिक भूगोल देशको आन्तरिक भूगोलसँग सम्बन्धित छ ।
यसले राष्ट्रहरुबीचको Power Politics लाइ जनाउँछ ।यसले राष्ट्रलाई राजनीतिक रुपमा विभाजन गर्दछ ।
नेपालको Geopolitics मूलतः भारत र चीन  सँग सम्बन्धित छ ।नेपालको Political geography संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित छ।
अन्तर्राष्ट्रिय स्तरमा रहेको देशको सम्प्रभुता र अस्तित्व जोगाउने यो आवश्यक छ ।देशको व्यवस्थित रुपमा संचालन र विकासको लागी यो आवश्यक छ ।


राजनीतिक विभाजनका आधारहरु

क)जनसंख्याको आधारमा

ख) भौगोलिक आधारमा

ग) प्रशासनिक पहुँच र सुगमताका आधारमा

घ) श्रोत राधनको वितरणको अवस्थाको आधारमा

ङ) विकासको संरचनाको र अवस्थाको आधारमा

च) सामाजिक सांस्कृतिक अवस्थाको आधारमा