हावापानीः स्थिति र महत्व

हावापानी ः

-> कुनै स्थानको केही वर्षको औषत अवस्थालाई हावापानी भनिन्छ । 

-> हावापानी भनेको बर्षदिनको मौसमको सालाखाला हो ।

-> समग्रमा भन्नुपर्दा कुनै ठाउँको प्राकृतिक वातावरणलाई त्यस ठाउँको  हावापानी भनिन्छ ।

हावापानीको कारण मानिसको जीवनशैलीमा परेको प्रभाव

-> कुनैपनि स्थानको मौसमको औसत अवस्थालाई हावापानी भनिन्छ । हावापानीले मानिसको जीवनशैलीमा पारेको सकारात्मक र नकारात्मक प्रभावहरु यस प्रकार रहेका छन् ।

क) सकारात्मक प्रभाव

i) समथर भूभागको अनुकुल हावापानीमा खेती, पशुपालन, व्यापार गर्न सहज

ii) हिमाली तथा पहाडी क्षेत्रको हावापानी, प्राकृतिक मनोरम दृष्य, नदि, ताल तलैया आदीबाट पर्यटन व्यवसाय फस्टाएको 

iii) हिमाली क्षेत्रको हावापानीको पशुपालन, जडिबुटी उत्पादन आदीबाट आयआर्जन गर्न सहज 

iv) चिसो मौसमले गर्दा रोगव्याधिको कम प्रकोप

क) नकारात्मक प्रभाव

i) चिसो तथा रुखो हावापानीका कारण जनजीवन कष्टप्रद 

ii) धेरै चिसो हावापानीमा उत्पादन कम हुनाले खाद्यन्न उत्पादन कम हुन्  

iii) गर्मी मौसमका कारण अधिक मात्रामा सरुवा रोगको प्रकोप बढ्ने

iv) प्रतिकुल हावापानीका कारण निर्माण कार्यमा अवरोध 

हावापानीलाई प्रभाव पार्ने तत्त्वहरु

अक्षांशभू - मध्ये रेखाबाट जति टाढा गइन्छ, हावापानी त्त्यतीकै फरक फरक हुन्छ ।
उचाईकुनै ठाउँ जतिअग्लो हुन्छ, त्त्याहाको हावापानी पनि त्त्यती नै ठण्डा हुन्छ ।  किनकी प्रत्येक १६५ मि. उचाइमा १ डिग्री सेल्सियस तापक्रम घट्दै जान्छ ।
समुन्द्री दूरीसमुन्द्री दूरी बढी भएमा ग्रीष्ममा बढी गर्मी र हिउँदमा बढी ठण्डा हुन्छ, त्यसैगरी दूरी कम भएमा ग्रीष्ममा कम गर्मी र हिउँदमा न्यानो हुन्छ ।
पर्वतको उपस्थिती
जमिनको ढालसमुन्द्रतिर फर्केको जमिनको ढालमा हावापानी ओसिलो हुन्छ भने जमिनतर्फ फर्केको ढालमा सुख्खा तथा विषम हावापानी हुन्छ ।
माटो
बनस्पतिघना जंगल भएको ठाउँमा ठण्डा र आद्रता वढी हुन्छ र हावा ओसिलो भएर जान्छ ।
स्थानीय तत्त्वको प्रभावस्थानीय तत्त्वले पनि हावापनीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ, स्थानीय तत्त्व भन्नाले तालतलैया, धरातलको ढाल, तापक्रम, स्थानीय वायू आदी पर्दछन् ।


नेपालको हावापानीको मुख्य विशेषताहरु

क) हावापानीको स्वरुपको आधारमा पाँच भाग ( उष्ण मनसुनी हावापानी, न्यानो समसितोष्ण हावापानी, ठण्डा समसितोष्ण हावापानी , लेकाली हावापानी , टुन्ड्रा हावापानी ) मा वाडिएको छ ।

ख) भु - मध्ये रेखियदेखी धुव्रीय हावापानी सम्मको हावापानी पाइने ।

ग) उचाइ बढ्दै जादा तापक्रम र वर्षाको मात्रा घट्दै गएको ।

घ) नेपालमा विशेषत मनसुनी  हावापानी पाइने ।

ङ) नेपालको हावापानी भु - धरातलिय उचाइ र सामुन्द्रिक दुरताबाट प्रभावित ।

च) नेपालको हावापानीले भारतिय उष्ण हावापानी र तिब्बती शुष्क हावापानीलाई छुट्याउने ।

छ) नेपालमा खास गरी पर्वतीय वर्षा हुने ।

ज) नेपालको हिमालय पर्वत श्रृङ्खलाले हावापानीको सिमानाको रुपमा काम गरेको ।

झ) हावापानीले रहनसहन, लवाइखुवाइ, सामाजिक साँस्कृतिक क्रियाकलापमा विविधता ल्याएको ।

ञ) ग्रिष्मकालिन र शितकालीन गरी दुई प्रकारको मनसुनी वायु वहने ।


नेपालको हावापानीको वर्गीकरण

-> कुनै स्थानका लामो समयसम्मको भौसमको औषत अवस्थालाइ त्याहाको हावापानी भनिन्छ । भौगोलिक बनोट अनुसार हावापानी फरक - फरक पाइन्छ, सोही आधारमा नेपालको हावापानीको देहायबमोजिम वर्गीकरण गरिएको छ ।

क) उष्ण मनसुनी हावापानी 

->  समुन्द्री सतहबाट ५९ मिटर देखी १२०० मिटरसम्मको उचाइ पर्ने तराइ, भावर, दुन, भित्री मधेश , टार आदि क्षेत्रमा पाइने हावापानी उष्ण मनसुनी हावापानी हो । यस क्षेत्रमा गर्मीमा १५ डिग्री से. देखी ४० डिग्री से. सम्म तापक्रम र २०० सेन्टिमिटर सम्म हुन्छ ।

ख) न्यानो समसितोष्ण हावापानी 

->  चुरे पहाडको १२०० मि. देखी २१00 मि. सम्मको उचाइमा न्यानो समसितोष्ण हावापानी पाइन्छ । यस क्षेत्रमा गर्मीमा २४ डिग्री देखी ३५ डिग्री  से. सम्म तापक्रम हुन्छ ।

ग) ठण्डा समसितोष्ण हावापानी 

-> महाभारत पर्वतको २१०० मि. देखी ३३५० मि. सम्मको क्षेत्रमा यस प्रकारको हावापानी पाइन्छ । ग्रीष्ममा (गर्मीमा) तापक्रम १५ डिग्री देखी २० डिग्री से. को विचमा रहन्छ भने १०० मिलिमिटर भन्दा कम वर्षा हुने गर्दछ ।

घ) लेकाली हावापानी 

-> हिमाली क्षेत्रको शुष्क र ठण्डा हावापानीलाइ लेकाली हावापानी भनिन्छ । यस्तो हावापानी ३३५० मि. देखी ५००० मि. सम्म पाइन्छ । चैत्र, वैशाखमा १० डिग्री सेल्सियस सम्म तापक्रम हुन्छ  भने अरु समयमा ० डिग्री सेल्सियस हुन्छ ।

ङ) हिमाली हावापानी 

-> यस प्रकारको हावापानी हिमरेखा भन्दा माथि हुन्छ भने वर्षभरिनै हिउँले ढाकेको हुन्छ । ५००० मि. भन्दा माथि यस प्रकारको हावापानी पाइन्छ ।