वनसम्पदा ः
-> वनजंगल लगायत यहा पाइने जनावर, पशुपंक्षी, किटपतङ्ग, सरिसृपहरुलाइ वनसम्पदा भनिन्छ । नेपालमा हाल ४४.७४ प्रतिशत वनजंगल रहेको छ , जसमध्ये वन क्षेत्र ४०.३६ प्रतिशत र बुट्यान क्षेत्र ४.३८ प्रतिशत रहेको छ । हाल नेपालमा १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष , ६ वटा संरक्षित क्षेत्र र १३ वटा मध्यावधि क्षेत्र रहेको छन् । कुल २० संरक्षित क्षेत्र रहेकोमा करिव २३.३९ प्रतिशत क्षेत्रफल भु - भाग संरक्षित क्षेत्रफल ओगटेको छ भने २.५ प्रतिशत सिमसार क्षेत्रले ओगटेको छ र रामसार सूचिमा १० सिमसार क्षेत्रमा सूचिकृत भएका छन् ।
वनसम्पदाको महत्त्व
क) जलवायु परिवर्तनको प्रभावको न्यूनिकरण गर्ने
ख) कार्वन व्यापारको सम्भावनालाइ उच्च वनाउने
ग) इन्धनको प्रमुख स्रोत
घ) काठ दाउराको सहज उपलब्धता र जीवन निर्वाहमा सहजता
ङ) फर्निचरको लागी काठको उपलब्धता र फर्निचर उद्योगको विस्तार र रोजगारीको सिर्जना
च) उद्योगका लागी कच्चा पदार्थ
छ) पर्यटन उद्योगमा टेवा
ज) पर्यावरणीय पर्यटनको प्रवर्द्धन एवम् पर्यावरणीय खोज अनुसन्धानमा सहयोग हुने ।
नेपालमा पाइने वनका प्रकार
क) उष्ण प्रदेशिय सदावहार वन
-> तराइ, भावर, दुन र चुरे पहाडको १२०० मि. सम्मको उचाइमा पाइने वनलाई उष्ण प्रदेशिय सदावहार वन भनिन्छ । यस प्रकारको वन क्षेत्रमा वर्षा र तापक्रम वढी हुनेहुँदा साल, सिसौ, चाप, खयर, पिपल जस्ता लग्ला तथा कडा खालका रुखहरु पाइन्छ । पूर्वदेखी पश्चिमसम्म समानान्तर रुपमा फैलिएको यो जङ्गल पहिले चारकोशे झाडीको रुपमा चिनिने गर्दथ्यो ।
ख) समशितोष्ण (मौसमी) पतझड वन
-> करिव १२०० मि. देखी २१०० मिटरको उचाइमा पाइने वन नै समशितोष्ण पतझड वन हो । हिउँदमा पात झर्ने यस प्रकारको जङ्गलको मुख्य विशेषता हो भने यस वनमा बाघ, भालु, हरिण, चितुवा, वदेल आदि जनावर पाइन्छन् ।
ग) समशितोष्ण कोणधारी वन
-> महाभारत पर्वतको २१०० मि. देखी ३३०० मिटरको उचाइमा पाइने वनलाइ समसितोष्ण कोणधारी वन भनिन्छ । यहाका रुखहरुका पात चुच्चे तथा कोण परेका हुन्छन् भने डाफे , मुनाल, नाउर, हरिण, च्याखुरा आदि यस प्रकारको वनमा पाइन्छ ।
घ) लेकाली वन
-> करिव ३३०० मि. देखी ५००० मिटरसम्मको उचाइमा पाइने वनलाइ लेकाली वन भनिन्छ । यस क्षेत्रमा पाइने मु्ख्य वनस्पतिमा लालीगुरास, धुपी, सल्लो, बुट्यान, घाँस, जिम्बुका साथै विभिन्न किसिमका फुल फुल्ने विरुवा यार्सागुम्बा आदि पाइन्छ ।
ङ) टुन्ड्रा वन
-> समुन्द्रि सतहबाट ५००० मिटरभन्दा माथिको उचाइमा टुन्ड्रा वन पाइन्छ । हिउले ढाकि रहने हुँदा यस क्षेत्रमा रुखहरु पाइदैनन्, काइ र लउमात्र पाइन्छन् ।
वनविनाशका कारण
| नीतिगत कारण | दिर्घकालिन नीति र कार्यक्रम नहुनु , भएको नीति पनि प्रभावकारी कार्यान्वयन नहुनु । |
| आर्थिक कारण | सरकारले वन विकासमा आवश्यक बजेट विनियोजन नगर्नु |
| प्राकृतिक कारण | बाढी, पहिरो, भुक्ष्य जानु र जलवायु परिवर्तन |
| अन्य कारण | वनविनाश, वन अतिक्रमण, जनसंख्या बृद्धि, अशिक्षा आदि |
वन संरक्षण सम्बन्धि नेपाल सरकारले गरेका प्रयासहरु
क) वर्तमान संविधानको प्रस्तावनामै दिगो विकास विषय उल्लेख छ, भने स्वच्छ वातावरणमा वाच्न पाउने हक मौलिक हकमा उल्लेख गरेको छ ।
ख) संविधानिको धारा ५१ मा राज्यका नीति अन्तर्गत प्राकृतिक स्रोत साधनको संरक्षण, सम्बर्द्धन र दिगो उपयोग गर्ने उल्लेख छ ।
ग) वन ऐन, २०४९ र नियमावलि २०५०
घ) वातावरण संरक्षण ऐन, २०५३ र नियमावलि २०५४
ङ) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावलि २०३०
च) वि.सं. २०७१ देखी वि.सं. २०८० वन दशक
छ) वन मन्त्रालय, वन विभाग, राष्ट्रिय निकुञ्ज आदि ।
वन संरक्षणका उपाय
क) वनजङ्गलको सर्वोपरि महत्त्वको विषयमा सर्वसाधारणमा चेतना जगाउने ।
ख) कडा कानुनको तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयन ।
ग) इन्धनको रुपमा दाउराको सट्टा विधुत, व्यासको उपयोगमा जोड दिनु ।
घ) नदि छेउछाउ, सडकको दायावाया र अन्य खाली ठाउँमा वृक्षारोपण गर्ने ।
ङ) वन क्षेत्रमा प्राप्त वैदेशिक सहयोग तथा राष्ट्रिय लगानीको सदुपयोग गर्ने ।