प्रचलित प्रमुख धर्म, जातजाति, भाषाभाषी र संस्कृति

धर्मः  परम्परादेखी मानिसले मानिआएको विश्वास एवं मान्यता नै धर्म हो । यो असल कार्य, जगत भलोका लागी गरिने कर्म पनि हो । यसले व्यक्ति र समाजलाइ अनुशासित र मर्यादित बनाउदछ ।

नेपालका प्रमुख धर्म

१) हिन्दु धर्म (Hinduism)

-> हिन्दु धर्मलाइ विश्वको प्राचिन धर्म मानिन्छ । हिन्दु धर्ममा ३३ कोटी देवता हुन्छन्   भने गणेश, सूर्य, देवि, विष्णु र शिवलाइ हिन्दु धर्मका प्रमुख पाँच देविदेवता हुन् ।चार वेद, अठार पुराण, महाभारत, भागवत गीता, उपनिषद् यस धर्मका धार्मिक ग्रन्थहरु हुन् । वि.सं. २०६८ को जनगणना अनुसार नेपाल ८१.३ प्रतिशत हिन्दु धर्म मान्ने जनसंख्या रहेको छ ।

२) बौद्ध धर्म (Buddhism)

-> बौद्ध धर्म नेपालमा हिन्दु धर्म पछिको दोश्रो ठुलो धर्म हो । हिन्दु धर्म अनुसार भगवान विष्णुका नवौ अवतार मानिने गौतम बुद्ध बौद्ध धर्मका प्रवर्द्धक हुन् । यस धर्मलाइ वैज्ञानिक धर्मका रुपले पनि चिनिन्छ भने बौद्ध धर्मले सत्त्य, अहिंसा, परस्त्रिगमन र मद्यनिषेदलाइ विशेष जोड दिएको छ । जनगणना २०६८ अनुसार नेपालमा ९ प्रतिशत धर्म मान्ने जनसंख्या रहेको छ ।

गौतम बुद्ध सम्बन्धि चिनारी

जन्म स्थानकपिलबस्तु, नेपाल
वावुको नामशुद्धोधन
आमाको नामयशोधरा
छोराको नामराहुल

भगवान बुद्धले हासिल गरेका चार आर्यसत्त्य

क)  संसार दुःखमय छ ।

ख ) सो दुःखको कारक सांसारिक लोभ र अज्ञानता हो ।

ग) दुःखको निरोध हुन सक्छ ।

घ) निरोधका लागी आड महान सुत्रहरु छन् । 

प्रमुख बौद्ध तीर्थस्थलहरु

लुम्बिनीनेपाल
तक्षशिलापाकिस्तान
स्व‍र्णशीलाथाइल्याण्ड
ताम्रशीला श्रीलंका
विक्रमशीलाभारत

त्रिपिटक

शुक्ति पिटकबुद्धका उपदेशहरु समावेश
विनय पिटकभिक्षु र भिक्षुणीका लागी नियमहरु
अभिधम्म पिटकबुद्ध दर्शनका कुरा

३)  इस्लाम धर्म

-> साउदी अरबको मक्कामा इ.स. ५७० मा जन्मिएका पैगम्बर मोहम्मद इस्लाम धर्मका प्रवर्द्धक तथा संस्थापक मानिन्छन् । यस धर्मअनुसार संसारका सबै प्राणी आदम र हौवाका सन्तान हुन् । पुजास्थल मस्जित, ग्रन्थ कुरान हो भने प्रमुख चाडहरु इदउल फितर , इदउल जुहा र ताजिया हुन् । जनगणना २०६८ अनुसार नेपालमा ४.४ % इस्लाम धर्म मान्ने जनसंख्या रहेको छ। 

४) ईसाइ

-> ईसाइ धर्मलाइ क्रिष्चियन धर्मका नामले पनि चिनिन्छ भने यसका प्रवर्तक जिसस क्राइष्ट हुन् । वाइबल ईसाइ धर्मको पवित्र ग्रन्थ हो , जुन ओल्ड टेस्टामेन्ट (मानिसहरुप्रति भगवानको स्नेह) र न्यू टेष्टामेन्ट (क्राइष्टको जीवनी तथा उपदेशहरु) गरी दुई भागमा विभक्त छ । यस धर्ममा मूर्ति पुजाको चलन छैन भने जनगणना २०६८ अनुसार नेपालमा १.४ % ईसाइ धर्मका अनुयायी रहेका छन् ।

# भाषाभाषीः भाषा भनेको अभिव्यक्तिको माध्यम हो , नेपालको संविधान अनुसार १२३ वटा मातृभाषा रहेको छन् । जनगणना २०६८ अनुसार नेपालमा बोलीने मुख्य भाषाहरु 

१नेपाली४४.६ %
२मैथली११.७ %
३भोजपुरी६ %
४थारु५.८ %
५तामाङ्ग५.१ %
६नेवार३.२ %
७वञ्जिका३ %
८मगर३ %
९डोटेली३ %
१०उर्दु२.६ %

भाषाको विभाजनः  भाषा अभिव्यक्तिको माध्यम हो । विश्वमा बोलिने भाषाहरुलाइ चार भागमा विभाजन गरीएको छ ।

क) भारोपेली भाषा परिवार

-> आजभन्दा करिव ४५०० वर्ष अघिदेखी भारतीय उपमहाद्धीप हुदै युरोपेली महाद्धीप सम्म विभिन्न ठाउँहरुमा विकास र विस्तार भएको भाषा परिवारलाइ भारोपेली भाषा परिवार भनिन्छ । यो संसारको सबैभन्दा ठुलो भाषा परिवारको हो भने नेपालमा बोलिने  नेपाली, मैथली, भोजपुरी, थारु, अवधि, माझी, बोटे , ताजपुरि, दनुवार, कुमाल, दरै आदी यस भाषा परिवार अन्तर्गत पर्दछन् ।

ख) भोट बर्मेली (चिनीया - तिब्बती ) भाषा परिवार

-> संसारमा भारोपेली भाषा परिवारपछि सबैभन्दा बढी मानिसहरुले बोल्ने भाषा परिवार भोट - बर्मेली भाषा हो । यस भाषा परिवारका भाषाहरु चीन, भारत, नेपाल, बर्मा, भुटान, भियतनाम, थाइल्याण्ड,  वंगलादेश आदि मुलुकमा बोलिन्छ । नेपालमा बोलिने नेवारी, मगर, गुरुङ्ग, तामाङ्ग, शेर्पा, राइ - किराती, लिम्बु, थामी, सुनुवार, थकाली, राजी, राउटे, जिरेल, चेपाङ्ग, हायु, धिमाल, मेचे, दुरा, तिब्बती आदी भाषाहरु भोट - बर्मेली भाषा परिवार अन्तर्गत पर्दछन् ।

ग) द्रबिट भाषा परिवार

-> यो भाषा परिवारको मुख्य क्षेत्र भारत हो । भारतमा बोलिने तमिल, तेलुगु, मलयालम, कन्नड, आदी भाषाहरु यहि भाषा परिवार अन्तर्गत पर्दछन् । नेपालमा बोलिने झाँगड वा धागड एकमात्र द्रविड परिवारको भाषा हो ।

घ) आग्नेय परवार

-> भारतको आसाम, बंगाल र विहारमा आग्नेय भाषा परिवार अन्तर्गतको सन्थाल भाषा बोल्ने जातिको बसोबास रहेको छ । नेपालमा यो भाषा परिवार अन्तर्गत बोलिने एकमात्र भाषा सतार वा सन्थाल भाषा हो ।

#जातजाती

-> बंशका आधारमा प्रचलनमा आएको मानिसको वर्गलाइ जातजाती भनिन्छ । खासगरी मानिसको शारीरिक बनोट आकृति, प्रकृति, संस्कृति, वंश, गुण, कर्म, धर्म, रङ्ग आदिका आधारमा मानिसको जातजाति छुट्याउन सकिन्छ । जनगणना २०६८ अनुसार नेपालमा १२५ जातजाति रहेका छन् ।

चेपाङ्गः  प्रजा पनि भनिने यस जातिको प्रमुख बासस्थान धादिङ्ग, मकवानपुर, चितवन, जिल्ला रहेका छन् । जंगली गिठा, भ्याकुर, च्युरी, चमेराको मासु खाने यस जातीको पुरोहितहरुलाइ पाडे भनिन्छ  भने चोनाम यिनिहरुको मुख्य चाड रहेको छ । यस जातिमा विवाहमा दुलाहा दुलहीले ३ पटक टाउको जुधाउने चिउरीको बोट दाइजो दिने चलन रहेको छ भने यिनिहरुले आफुलाइ श्रीरामको सन्तान मान्ने गर्दछन् ।

राउटेः दाङ, सल्यान, जाजरकोट, सुर्खेत, र कालिकोट प्रमुख बासस्थान रहेको यस जाति एक ठाउँमा दुइ महिना भन्दा वढी नबस्ने, स्थायी बसोबास नभएका कारण फिरन्ते जातिको नामबाट पनि प्रख्यात छन् । यिनीहरुको नाइकेलाइ मानबहादुर भनिन्छ । हाडनातामा विवाह गर्ने चलन रहेको यो जातिमा मानिस मरेपछि लासलाइ बादर मार्ने जालले बेरेर गाड्ने चलन छ । पिछडिएको यो जाति क्रमश लोप हुदै गएकाले संरक्षण ध्यान दिनुपर्ने देखिन्छ ।