#आर्थिक विकासः अर्थतन्त्रको समग्र विकास आर्थिक विकास हो । यसले अर्थतन्त्रमा संख्यात्मक र गुणात्मक परिवर्तन ल्याउदछ । समग्र अर्थतन्त्रमा भएका वृद्धि, सकारात्मक परिवर्तन ल्याउदछ । समग्र अर्थत्नत्रमा भएका वृद्धि आर्थिक विकास हो ।
#आर्थिक विकासका पक्षहरुः
१) कृषि (Agriculture)
२) उद्योग(Industry)
३) व्यापार (Trade)
४) पर्यटन (Tourism)
५) वैदेशिक रोजगार (Foreign Employment)
६) जनशक्ति (Human Resource)
#१.कृषि(Agriculture)
-> नेपाल कृषि प्रधान देश हो । ६०.४ % प्रतिशत मानिसले कृषि पेशालाइ अंगालेका छन् सबैभन्दा बढी रोजगारी उत्त्पादन गर्ने क्षेत्र कृषि हो । कुल ग्राहस्थ उत्त्पादनमा कृषिको योगदान २७% प्रतिशत रहेको छ । यसर्थ नेपालको अर्थतन्त्र कृषिमा आधारित अर्थतन्त्र हो भन्न सकिन्छ ।
नेपालमा कृषिको महत्त्व
१) राष्ट्रिय आम्दानीको प्रमुख स्रोत
२) रोजगारीको सिर्जना
३) कृषि जैविक विविधताको संरक्षण
४) जिविकोपार्जनको प्रमुख आधार
५) औद्योगिक कच्चा पदार्थको मुख्य स्रोत
नेपालमा कृषि क्षेत्रको समुचित विकास हुन नसक्नुका कारण
- कृषि उत्त्पादकत्त्व वृद्धि गर्न अपरिहार्य स्रोत-साधन र सामाग्रीहरुको न्यून उपलब्धता ।
- पुर्वाधारहरु जस्तै सिंचाई, सडक, कृषि वजार, शीत भण्डार, गोदाम घर , चिस्यान केन्द्र, संकलन केन्द्र तथा विजुली आदिको अपर्याप्तता ।
- अत्त्यावश्यक उन्नत नश्ल तथा विउको प्रतिस्थापन दर पनि अत्त्यन्तै कम छ ।
- जमिनको तिव्र खण्डिकरण प्रमुख समस्या ।
- अनुसन्धानबाट विकास भएका प्रविधि पर्याप्त मात्रामा विस्तार नहुनु ।
- पुर्वाधारको कमिले कृषिको आधुनिकिरण, यान्त्रिकीकरण, व्यावसायीकरण तथा औद्योगिकीकरणमा बाधा ।
- अनुसन्धानको लागी प्रयोगशाला लगायत अन्य पुर्वाधारहरुको कमि हुनु ।
- भुमि तथा श्रमशक्तिको उत्त्पादकत्त्व निकै न्युन रहेको ।
पन्धौ पञ्चवर्षिय योजनामा कृषि सम्बन्धि रणनीति
१) संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित सरोकालवाला संगको समन्वय तथा सहकार्यमा कृषि सम्बन्धि नीति, कानुन तथा योजना निर्माण गरी कृषिको उत्त्पादन र उत्त्पादकत्त्व बृद्धि गर्ने ।
२) कृषि क्षेत्रको उत्त्पादकत्त्व वृद्धि गर्न शिक्षा, अनुसन्धान र प्रसार पद्धतिलाइ एकिकृत गर्दै प्रभावकारी बनाउने र गुणस्तरिय उत्त्पादन सामाग्री तथा सेवाको उपलब्धताको सुनिश्चितता गर्ने ।
३) कृषिमा निजी क्षेत्रको लगानी वृद्धिको उचित वातावरण सिर्जना गर्न नीति तथा संरचनागत सुधार र कार्यक्रमगत सहयोग तथा सहजीकरण गर्ने ।
४) कृषि पुर्वाधारको विकास, वजार, सुचना प्रणालीको स्थापना, साना तथा मझौला कृषि उद्यमशिलताको विकास, खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बृद्धि गर्ने ।
५) जलवायु परिवर्तन र प्रकोपबाट पर्ने नकारात्मक असर न्यूनिकरण गर्दै जलवायु अनुकुल तथा उत्त्थानशील प्राङगारिक लगायतका कृषि प्रविधिको विकास र विस्तार गर्ने ।
#२. उद्योग(Industry)
१५ औं योजनाका रणनीति
१) औद्योगिक क्षेत्रको विकासका लागी नीतिगत, कानुनी र संस्थागत सुधार गर्ने ।
२) लगानीमैत्री वातावरण तयार गर्न प्रविधि प्रयोग एकद्वार प्रणालीको विकास र औद्योगिक पूर्वाधार विकास गर्ने ।
३) उद्योग क्षेत्रलाइ अन्य उत्त्पादनमूलक क्षेत्रको अन्तरसम्बन्धको आधारमा विकास र विस्तार गर्ने ।
४) उद्योगधन्दाको विकास र विस्तारका लागी क्षमता विकास, वित्तीय पहुँच र प्रवर्द्धनात्त्मक उपाय अवलम्बन गर्ने ।
५) प्रतिस्पर्धी क्षमता र तुलनात्त्मक लाभ भएका स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा सार्वजनिक, निजी ,सहकारी साझेदारीमा लगानी परिचालन गर्दै आयात व्यवस्थाप नमा जोड दिने ।
औद्योगिक नीति २०६७ का उद्धेश्यहरु
#३.व्यापार
अर्थतन्त्रमा बस्तु सेवा र वौद्धिक सम्पतिको खरिद विक्री सम्बन्धि आर्थिक क्रियाकलापको जोडलाई व्यापारलाई भनिन्छ ।
नेपालमा व्यापार घाटा बढ्नुको कारण