- Home
- Topic
- सुशासन,सदाचार प्रवर्द्धन, भ्रष्ट्राचार नियन्त्रण र भ्रष्ट्राचार निवारण सम्बन्धि कानुनी व्यवस्था
सुशासन,सदाचार प्रवर्द्धन, भ्रष्ट्राचार नियन्त्रण र भ्रष्ट्राचार निवारण सम्बन्धि कानुनी व्यवस्था
सुशासनः
-> सोझो अर्थमा भन्नुपर्दा राम्रो,असल र व्यवस्थित एवम् जनहितकारी शासनलाइ सुशासन भनिन्छ ।सुशासन एउटा यस्तो शासन व्यवस्था हो जसमा कानुनको पूर्ण परिपालन हुन्छ,दण्डहिनताको अन्त्त्य हुन्छ, जनमुखी एवम् पारदर्शि सरकार हुन्छ, विकासले गति लिएको हुन्छ, अनुशासन कायम हुन्छ ।
विशेषता
-> जनताप्रति जिम्मेवारी,जवाफ देखी एवम् पारदर्शि भएको शासन व्यवस्थालाइ सुशासन भनिन्छ । सुशासनको यहि परिभाषाबाट पनि यसको विशेषता प्रष्ट हुन्छन् । यसका विशेषताहरुलाई निम्न बुँदामा चर्चा गर्न सकिन्छ ।
- शासन व्यवस्थाका काम कारबाही पारदर्शि हुन्छ ।
- ऐन,नियम,कानुनको पूर्ण पालना हुन्छ ।
- शासन व्यवस्था विकेन्द्रित हुन्छ ।
- सरकार स्थिर हुन्छ ।
- अनुशासनको पालना हुने ।
सुशासनको आयाम/पक्ष
=> सुशासनलाई विभिन्न कोणबाट अध्ययन गर्न सकिन्छ । यी सुशासनका आयाम वा पक्ष हुन् । सुशासन निम्न आयाम वा पक्षबाट बुझ्न सकिन्छ ।
क) राजनैतिक आयामः राजनैतिक रुपमा निम्न विषयलाई उल्लेख गर्न सकिन्छ ।
- लोकतान्त्रि शासन व्यवस्था
- स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन
- वालिक मताधिकार
- प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था
- विकेन्द्रिकरण र स्थानीय स्वायत्त शासन
ख) व्यवस्थापकिय आयामः व्यवस्थापकिय रुपमा निम्न विषयलाइ समेट्न सकिन्छ ।- सक्षम,छरितो र प्रभावकारी सरकार
- चुस्त प्रशासन संयन्त्र
- श्रोत साधनको समुचित परिचालन
- नीजि र सरकारी क्षेत्रको सहयात्रा
- जनसहभागिताको परिचालन
ग) प्रशासनिक आयामःप्रशासनिक रुपमा निम्न विषयहरु समेट्न सकिन्छ ।
- सक्षम,निष्पक्ष,उत्त्पादनशील,मितव्ययी,छरितो र जनमुखी प्रशासनयन्त्र
- प्रशासनिक उत्तरदायित्त्व
- जवाफदेही र पारदर्शिता
घ) नैतिक आयामःनैतिक रुपमा निम्न विषयहरुलाई समेट्न सकिन्छ ।
- असल आचरण
- भ्रष्ट्राचारविहिन अवस्था
- अनुशासन र नैतिक मुल्य मान्यताको पालना
- स्वच्छता,पारदर्शिता र जिम्मेवारीबोध
सुशानको सूचकाँक (सुशासन कसरी मापन गर्ने)
A) सरकारी संरचना छरितो छ, छैन ?
B) श्रोतको उच्चतम उपयोग भएको छ, छैन ?
C) सन्तुलित विकासलाई आत्त्मसाथ गरिएको छ,छैन ?
D) नैतिक शिक्षाको अवस्था कस्तो छ ?
E) स्तरीय सेवाको ग्यारेण्टी
सुशानको सम्बन्धमा रहेको संवैधानिक व्यवस्था
=>
सुशासन प्रबर्दनको लागी सरकारले गरेका मुख्य मुख्य कार्यहरु
- सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न मितव्ययिता निर्देशिका जारी भएको ।
- मन्त्रिपरिषद्का सदस्यहरु र राष्ट्रसेवक कर्मचारीरुका लागी आचारसंहिता जारी भएको ।
- सरकारलाइ उत्तरदायी बनाउन जनतासँग प्रत्यक्ष संवाद गर्ने खालका कार्यक्रम सञ्चालन
- जनगुनासा , माग तथा सुझावहरुको उचित सुनुवाइ गर्ने हेलो सरकार कक्ष स्थापना
- प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय र सबै केन्द्रिय निकायहरुमा भ्रष्ट्राचार विरुद्धका एकाइ स्थापना