1: एउटा निश्चित दुरी तय गर्ने  A र  B को गतिको अनुपात 3ः4 छ । आफ्नो गन्तव्यमा पुग्न B ले A  ले भन्दा 30 मिनेट बढी लगाउँछ भने A लाई कति समय लाग्छ?
Correct Answer : 2 घण्टा

Explanation:

गतिको अनुपात    3ः4

समयको अनुपात 4ः3   (गति र समयबिच उल्टो सम्बन्ध हुन्छ । अर्थात जति धेरै गति हुन्छ उति कम समय लाग्छ ।)

4-3    ‍= 1 Ratio     =    30 min प्रश्न अनुसार    ‍= 1/2 घण्टा

A लाई लाग्ने समय    ‍= 4*1/2    = 2 घण्टा



2:

A देखी B सम्मको दुरी तय गरेर फर्किदा कुनै व्यक्ति 60 कि.मि/घण्टा को दरले जान्छ र 40  कि.मि/घण्टा का दरले फर्किन्छ भने उसको औसत गति कति होला?

Correct Answer : 48 कि.मि/घण्टा

Explanation:

सुत्र,

speed = 2xy/(x+y)    = 2*40*60/(40+60)    = 4800/100    =48 km/hr.


3: काठमाण्डौं देखी जनकपुरसम्म यात्रा गरेर फर्किदा यदि कुनै व्यक्ति जादा 80 कि.मि/घण्टा को दरले जान्छ र 70 कि.मि/घण्टा को दरले फर्किन्छ भने उसको औसत गति कति हुन्छ?
Correct Answer : 74.67 कि.मि/घण्टा

Explanation:

speed = 2XY/(X+Y)    = 2*80*70/(70+80)    = 74.67 km/hr.


4:

ट्रेन A र B एकै समयमा सुरु हुन्छन् । ट्रेन A स्टेशन P बाट Q सम्म 55  कि.मि/घण्टा को दरले यात्रा गर्छ र ट्रेन B स्टेशन Q बाट P सम्म 80 कि.मि/घण्टा को दरले यात्रा तय गर्छ । दुवै ट्रेन 1 घण्टा 36 मिनेटमा एक अर्कालाई पार गर्छन भने स्टेशन P र Q को दुरी कति होला?

Correct Answer : 216 कि.मि

Explanation:

DISTANCE = SPEED * TIME

                        = (55+80) * 96/60 [विपरित दिशाबाट आउदा गति जोडिन्छ । 96/60 ले घण्टामा परिवर्तन गरिएको लाई जनाउछ ।]

                        = 216 km


5:

शहरहरु A र B बाट एक अर्का तर्फ दुइवटा कारहरु क्रमश 36 कि.मि/घण्टा र 42कि.मि/घण्टाको गतिमा हिड्छन् । जब यिनिहरु भेट हुन्छन त्यतिबेला सम्म एउटा कारले 48 कि.मि. बढि यात्रा तय गर्छ भने दुई शहरबिचको दुरी कति होला?

Correct Answer : 624 कि.मि.

Explanation: