1:
यदि B को भाई A हो, C को बहिनी B हो,  D को बुबा C हो भने D को A सँगको सम्बन्ध कुन हो ?
Correct Answer : भन्न सकिन्न

Explanation:

यदि D पुरुष हो भने, उत्तर भतिजा हुन्छ। यदि D महिला हो भने, उत्तर भतिजी हुन्छ।D को लिंग थाहा नभएको हुनाले D र A बीचको सम्बन्ध निर्धारण गर्न सकिदैन।


2:

यदि B  को भाई D  हो भने B र C को सम्बन्ध बताउन तलका कुन कुन कथन आवश्यक हुन्छ/हुन्छन् ?
1. D को छोरो C को नाति  हो ।
2. D को बहिनी B हो ।

Correct Answer : कथन 1 र कथन 2

Explanation:

दिइएको: D B को भाइ हो।
कथन 1 बाट, हामीले पत्ता लगाउन सक्छौं कि D C को छोरा हो (D को छोरा C को नाति हो)।
कथन 2 बाट, हामीले B 'केटी' (D को बहिनी) हो भनेर पत्ता लगाउन सक्छौं।त्यसैले, B C को छोरी हो।


3:

विना जो असोककी भाउजु , कल्याणीकी बुहारी हुन् । धिराज सुदिपका बाबु हुन जो असोकका एकमात्र भाई हुन् भने कल्याणी असोकको को पर्छिन्?

Correct Answer : माथिका कुनैपनि होइन

Explanation:

आमा हुन‍् ।
नोटः विना र धिराज = श्रीमान/श्रीमती
धिराज  र असोक = दाजु/भाई


4:
'A' र 'B' D का सन्तान हुन् । 'A' को बुबा को हुन् ? यस प्रश्नको जवाफ दिन 1 र 2 कुन कथन आवश्यक छ ?
1. 'C' A को भाई र E को छोरा हो ।
2. 'F' B को आमा हुन् ।
Correct Answer : कथन 2 मात्र

Explanation:

नोटः पहिलो कथनले E बुबा हुन कि आमा हुन भन्ने खुल्दैन । कथन 2 ले F  आमा भएको र D  बुबा भएको जनाउँछ।


5:

यदि 1. A3P को अर्थ 'A' P को आमा हो ।
        2. A4P को अर्थ 'A' P को भाई हो ।
        3. A9P को अर्थ 'A' P को श्रीमान हो ।
        4. A5P को अर्थ 'A' P को छोरी हो ।
तलका मध्ये कुन को अर्थ 'K' M को सासु हो भन्ने बुझिन्छ? 

Correct Answer : M9N5K3J

Explanation:

M9N → 'M'  N को श्रीमान हो
N5K → 'N'  K को छोरी हो
त्यसैले, →' M'  K को ज्वाइँ हो
K3J →' K'  J को आमा हुन
त्यसैले, → 'K' एक महिला हो
त्यसैले, → 'K'  M को सासु हो।


6:

यदि 'P' K को आमा हो। 'K' D को बहिनी हो । 'D' J को बुबा हो भने 'P' J को को पर्छ?

Correct Answer : हजुरआमा

Explanation:


7:

A को छोरो B ले C सँग विवाह गरेको छ, जसको बहिनी D ले B को भाई E सँग विवाह गरेको छ। 'D' A को को पर्छ/पर्छिन? 

Correct Answer : बुहारी

Explanation:



8:

यदि    1. B5D को अर्थ 'B' D  को बुबा हो ।
           2.  B9D को अर्थ 'B' D को दिदी/वहिनी हो।    
          3.   B4D को अर्थ 'B' D को भाई हो ।
          4.   B3D को अर्थ 'B' D को श्रीमती हो।
तलका मध्ये कुनको खर्थ 'F' K को आमा हो ।

Correct Answer : F3M5K

Explanation:

F3M → F M को श्रीमती हो
M5K → M K का पिता हुन्
त्यसैले, F K को आमा हो।